News Griha :: न्यूजगृह
अनमीलाई जातीय विभेद गर्ने स्वास्थ्य चौकी इन्चार्ज शाही पक्राउ

मुगु—  मुगुको सोरु गाउँपालिका-९ स्थित खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही पक्राउ परेका छन् ।

सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मालाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो । 

उनीविरुद्ध तुलसाले आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । उनलाई सोमबार प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

प्रहरीले यसअघि सुरजकी आमा झ्यापु शाही र स्थानीय व्यापारी धनप्रसाद भट्टलाई पक्राउ गरिसकेको छ ।

अनमी विकलाई घरबाट निकाल्न खोजेका शाहीले घटना बाहिर आएपछि समेत सामाजिक सञ्जालमा जातीय विभेद जन्य शब्द उल्लेख गरेर पोष्ट गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १०:५८
Weather Update