News Griha :: न्यूजगृह
राप्रपा अध्यक्ष लिङ्देन भन्छन्– भ्रष्टाचारको छानबिन हुनुपर्‍यो

पोखरा— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन, विकास र जनताको सेवालाई केन्द्रविन्दुमा राखेर सरकार अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।

राप्रपा गण्डकी प्रदेशस्तरीय विस्तारित बैठक एवम् अगुवा कार्यकर्ता भेलालाई मंगलबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘हामीले देशको व्यवस्था त परिवर्तन गर्‍यौँ तर जनताको अवस्था फेर्न सकेका छैनौं ।’

नेपालमा राजनीति उद्योगका रूपमा विकास भएको भन्दै उनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिए ।

‘म ऊर्जामन्त्री हुँदा ठूलाठूला निर्णय भए तर मैले एक रुपैयाँ पनि अनियमितता गरिनँ’, अध्यक्ष लिङ्देनले भने, ‘भ्रष्टाचार गर्नु भनेको नेपाली आमाको रगत खानु सरह हो ।’

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २२:२४
Weather Update