लघुवित्त पीडित ५ वैशाखबाट आमरण अनशन बस्ने

काठमाडौं— डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरूले सरकारसँग न्यायको माग गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । लघुवित्त संस्था विरुद्धको संघर्ष समिति अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा ५ वैशाखदेखि आमरण अनशनको घोषणा गरेको हो ।
उनीहरूले ५८ लाख दिदीबहिनीहरू मर्नु न बाँच्नु भएको बताएका छन् । २१ चैतदेखि माइतीघर मण्डलामा अनशनरत पीडितहरूले लघुवित्तले आफूहरूलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको बताए ।
उनीहरूले आफूहरू घरमा बस्ने नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ २०:४६













