मिडिया काउन्सिल र आमसञ्चार विधेयकमा सरकारले माग्यो सुझाव
काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले लामो समयदेखि छलफलमा रहेको मिडिया काउन्सिल र आमसञ्चारसम्बन्धी विधेयकमा सुझाव माग गरेको छ ।
मन्त्रालयले लामो समयदेखि यी विधेयक अघि बढाउने प्रयास गरिरहेको छ । प्रस्तावित विधेयकको मस्यौदामा राखिएका कतिपय विषयहरूलाई लिएर बहस र विरोधसमेत हुँदै आएको छ ।
जसकाकारण मन्त्रालयले अहिले सञ्चार विज्ञहरूसमेतको संलग्नतामा 'नेपाल मिडिया काउन्सिल विधेयक' र 'राष्ट्रिय आमसञ्चार विधेयक' का मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला र विज्ञहरुबाट सुझाव मागेको हो ।
मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले विधेयकमाथि रचनात्मक सुझावहरूको अपेक्षा गर्दै सार्वजनिक रुपमा सुझावहरू आव्हान गरेका छन् । सुझाव पठाउनका लागि १५ दिनको समयावधि दिइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८० १५:३६













