News Griha :: न्यूजगृह
सत्ता गठबन्धनलाई उपराष्ट्रपतिको साझा उम्मेदवार छान्न सकस, बैठक निष्कर्षविहीन [भिडिओ सहित]
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल गर्न बसेको दश दलको बैठकमा सहभागी प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत । तस्बिर : रासस

काठमाडौं— उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बसेको सत्तारुढ दश दलको बैठक निष्कर्षविहीन भएको छ ।

उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका दलबाट दुई जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी,नेपाल (जसपा) का रामसहायप्रसाद यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार हुन् ।

यी पार्टीका उम्मेदवार मध्ये एक जनालाई साझा उम्मेदवार तय गर्न प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा दश दलको बैठक बसेको थियो ।

बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा छलफल भए पनि कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १९:४६
Weather Update