News Griha :: न्यूजगृह
इजरायल–हमास युद्ध सुरु भएदेखि गाजामा झण्डै ६६ प्रतिशत रोजगारी गुम्यो

काठमाडौं— इजरायल–हमास युद्ध सुरु भएदेखि गाजामा झण्डै ६६ प्रतिशत मानिसले रोजगारी गुमाएका छन् । 

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र प्यालेस्टिनी तथ्याङ्क कार्यालयका नयाँ तथ्याङ्कका अनुसार अक्टोबर ७ मा इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि गाजा पट्टीमा झण्डै ६६ प्रतिशत मानिसले रोजगारी गुमाएका छन् ।

प्यालेस्टिनीहरूले गाजा पट्टीमा आफ्नो रोजगारी दुई तिहाइले घटेको देखेका आईएलओ र प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क ब्युरो (पीसीबीएस) ले जानकारी गराएको हो ।

गाजाको रोजगारी बजारमा भएको विनाशकारी हानीले द्वन्द्वअघि नै नाकाबन्दीमा परेको इलाकामा विद्यमान डरलाग्दो अवस्थालाई बढाउने विज्ञहरूले बताएका छन् ।

गाजाका प्यालेस्टिनीहरूले लामो समयदेखि गरिबी, जोखिम र विश्वको सबैभन्दा उच्च बेरोजगारी दरको निरन्तर उच्च दरको सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०९:२२
Weather Update