रास्वपा सभापति लामिछाने भन्छन्– सांसद ढाकाकुमारबारे बुधबार निर्णय लिन्छौं

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको विषयमा बुधबार निर्णय लिने बताएका छन् ।
सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडिओ आइतबार सार्वजनिक भएको थियो ।
बुधबार केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्ने रास्वपा सभापति लामिछानेले बताए । चितवनमा चुनावी सभामा उनले भने, ‘केन्द्रीय समितिको बैठकका लागि बुधबार तयारी रहन मैले साथीहरूलाई भनिसकेको छु । सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय हुन्छ ।’
अडिओमा उल्लेख भएका व्यक्तिहरू आफू वरपरका भए पनि उनीहरूलाई कारबाही गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ १९:३६