बालेन साहको अभिव्यक्तिको मन्त्रिपरिषद् बैठकमा छलफल

काठमाडौं— सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको जनाएकाे छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखले अभिव्यक्ति दिएपछि यो विषयलाई गम्भीरतापूर्वक लिएको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महानगर प्रमुखबाट फोहाेर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको बताइन् ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ १९:२५













