News Griha :: न्यूजगृह
प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना, वडा सदस्यको मृत्यु   

प्यूठान— प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

प्यूठानको ऐरावती गाउँपालिका– २ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको गाडी मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज बिहान ११:२० बजे लु ३ च ६८७४ नं को गाडी ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । 

दुर्घटनामा परि बाटोमा हिँडेका मल्लरानी गाउँपालिका–३ का वडासदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिए। 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:२१
Weather Update