वैदेशिक अध्ययन मोह
एनओसी लिनेको भिड [तस्बिरहरू]
काठमाडौं— उच्च शिक्षाका लागि विदेशिन चाहनेहरूको लाइन घटेको छैन, बढेकै छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाकाअनुसार गत साउनदेखि पुस मसान्तसम्ममा ४५ हजार ९१२ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् ।
गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख १४ हजार जनाले यस्तो कागजात लिएका थिए ।
अध्ययनका लागि विदेशिने गरे पनि अधिकांशको लक्ष्य भने रोजगारी नै हुने गरेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ १४:१९