News Griha :: न्यूजगृह
युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने 

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धानको दायरा बिस्तार गर्न जरुरी रहेको बताएको छ ।

मंगलबार काठमाडौंमा जारी वैज्ञानिकहरूको नवौँ राष्ट्रिय शिखर सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा बिस्तार गरी अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको बताए ।  

उनले भने ‘अनुसन्धानको दायरा बढाउन हामीले यसको शाखा हरेक प्रदेशमा विस्तार गर्नुपर्छ । त्यसको लागि मन्त्रालय लागि परेको छ ।’

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्नेगरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा लगानी बढाउने प्रतिवद्धता जनाएका छन् । 

उनले भने, ‘वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिनेछ । युवा राष्ट्रको भविष्य हुन् । उनीहरूको नवीन विचार र अनुसन्धानले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सहयोग पुग्छ । त्यसैले युवा वैज्ञानिकलाई विशेष प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइनेछ । यसले अनुसन्धाताको मनोबल उच्च राख्नेछ ।’

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ११:४४
Weather Update