News Griha :: न्यूजगृह
टीआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति

काठमाडौं— बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयककाे विषयमा छलफल गर्न भएकाे थियाे ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) लगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । विषय र प्रक्रियामा पुनः छलफल हुनेछ ।

यस्तै, संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन नेताहरू सहमत भएका छन् । 

अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ११:२४
Weather Update