
काठमाडौं— बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक ‘फास्टट्र्याक’ बाट पारित गर्ने विषयमा छलफल गर्न बालुवाटारस्थित सभामुखको सरकारी निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।
यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि सहभागी छन् ।
महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा उपस्थित छन् ।
सत्तारूढ दल सो विधेयकलाई द्रुत गतिबाट पारित गर्न चाहन्छन् भने एमालले संसदमा छलफल गरेर अगाडि बढाउन चाहन्छ । साे विधेयक फागुन २५ गते प्रतिनिधि सभामा दर्ता भएकाे हाे ।













