News Griha :: न्यूजगृह
उपेन्द्र यादवको चुनाव प्रचार गर्न करैयामाई गाउँपालिका अध्यक्षद्वारा आचारसंहिता उल्लङ्घन

बारा— निर्वाचन आयोगले चुनावको बेला स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टीको चुनाव प्रचारप्रसारमा पूर्ण रूपमा बन्देज लगाएको छ । तर, बाराको करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवसहित कार्यपालिकाका केही सदस्यहरू भने जनता समाजवादी पार्टीको चुनाव प्रचारमा सक्रिय हुँदै आएका छन् । 

गाउँपालिकका अध्यक्ष यादवसहित सोही पालिकाका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, कार्यपालिका सदस्य दीपक पासवान र कार्यापालिका सदस्य सुरेन्द्र साह जसपाका उम्मेदवार उपेन्द्र यादवको चुनाव प्रचारप्रसार समितिमा बसेर प्रचारमा लागेका हुन् । 

उनीहरू निर्वाचन आचारसंहिताविपरीत करैयामाई गाउँपालिका वडा नम्बर ८ को बेलाही टोलमा ५ दलीय गठबन्धनको टोलस्तरीय भेला र बुथ कमिटीको बैठकमा सहभागी बनेका हुन् । 

जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि बारा २ मा उपनिर्वाचन हुन लागेकाे हाे । 

प्रतिनिधि सभा निर्वाचन २०७९ मा जसपा अध्यक्ष यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १०:४४
Weather Update