News Griha :: न्यूजगृह
पाकिस्तानमा बम विष्फोट,चार जनाको मृत्यु

इस्लामवाद— पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा बम विस्फोटमा चार जनाको मृत्यु भएको छ ।

बलुचिस्तानको प्रान्तीय राजधानी कवेटामा सुरक्षाकर्मीको गाडीमा लक्षित गरी गराइएको सो विस्फोटमा दर्जनौं घाइते भएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार तैनाथीमा रहेको प्रहरी भ्यान नजिकै रहेको मोटरसाइकलमा बम राखिएको र सो बमलाई रिमोट कन्ट्रोलमार्फत विस्फोट गराउँदा चार जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते हुन पुगेका हुन् ।

सुरक्षा अधिकारीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । सो बम विष्फोटपछि अनुसन्धान जारी छ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०९:५४
Weather Update