अमेरिकामा गोलाबारी

काठमाडौं— अमेरिकाको केन्ट शहरमा गोलाबारी भएको छ । उक्त घटनामा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
लुईसिवका प्रहरी प्रवक्ताका अनुसार घाइते हुनेमा प्रहरी अधिकारी पनि रहेका छन् । गोलाबारीमा संलग्न रहेका संदिग्धलाई मारिएको छ ।
प्रहरी अधिकारीले भने ‘अब सर्वसाधारणका लागि कुनै खतरा छैन । अवस्था सहज बनाइएको छ ।’
गर्भनर एन्डी बेसियरले ट्विट गर्दै भनेका छन्,‘कृपया सो घटनामा प्रभावित भएको पीडित परिवारका लागि एकपटक प्रार्थना गरिदिनुहोस् ।’
पछिल्लो समय अमेरिकामा धेरै गोलाबारीका घटना हुन थालेको छ । केही दिन पहिले पनि विद्यालयमा एक महिला संदिग्धले गोली हानेर आधा दर्जनको हत्या गरेकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ ०६:५२













