News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणबारे न्यायाधीशहरूकै राय बाझियो, फैसला आएन

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरूको राय बाझिएको छ ।

उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए । 

तर अर्का न्यायाधी खरेलले अहिलेले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएनन् । अब उनको विषय तेस्रो न्यायाधीशकोमा पेस हुनेछ ।  

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:१९
Weather Update