
काठमाडौं— पछिल्लो समय रुस र फिनल्यान्डबीचको सीमा विवाद थप पेचिलो हुँदै गएको छ ।
रुसले आफ्नो सीमानातर्फ शरणार्थी पठाएको आरोप फिनल्यान्डले लगाएको छ । यसैलाई मध्यनजर गर्दै बुधबार राजा जोसेपीको उत्तरी नाका दुई साताका लागि बन्द गरेको छ । फिनल्यान्डले आफू रुसको ‘हाइब्रिड अपरेसन’ को सिकार भएको बताएको छ ।
यो महिना मात्र रुसबाट करिब ९ सय शरणार्थी सीमा पार गरी फिनल्यान्ड प्रवेश गरेका छन् । यो संख्या अहिलेसम्मकै धेरै हो । यस वर्षको अगस्टसम्म रुसले कुनै पनि विदेशी नागरिकलाई आवश्यक भिसाबिना आउन अनुमति नदिए पनि अहिले त्यस्तो हुन नसकेको सीमामा तैनाथ सुरक्षाकर्मीहरू बताउँछन् ।
फिनल्यान्डको रूससँगको सीमा एक हजार तीन सय ४० किलोमिटर छ । फिनल्यान्डले शरणार्थीलाई उत्तरी क्षेत्रमा प्रवेश निषेध गर्नुअघि दक्षिणपूर्वी सीमामा सात नाका समेत बन्द गरेको थियो ।
यद्यपि, रेल्वेलाइन मालवाहक ट्रेनहरूको लागि खुला रहने जनाएको छ ।
फिनल्यान्डका आन्तरिक मन्त्री मारी रेन्टानेनले यसलाई राष्ट्रिय सुरक्षाको विषय भएको बताएका छन् ।
एजेन्सीको सहयोगमा













