बीपी राजमार्गमा कुखुरा बोक्ने गाडीले तीनवटा मोटरसाइकललाई ठक्कर दियो, ६ जना घाइते

काठमाडौं— काभ्रेको नमोबुद्ध नगरपालिका- ७ चौकीडाँडास्थित बीपी राजमार्गमा कुखुरा बोक्ने गाडीले तीनवटा मोटरसाइकललाई ठक्कर दिएको छ ।
काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको प्र.२ –०२–००१ च ०८२८ नं को कुखुरा बोक्ने गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा ६५ प १४०९, बा ८७ प ६९३६ र बा.प्र.०२–०४५ प ५४३० नं को मोटरसाइकलहरूलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६ जना घाइते भएका छन् ।
उनीहरूको पहिचान खुलेको छैन । उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० २०:२४













