News Griha :: न्यूजगृह
कर्नेलको घरमा चोरी, २ जना पक्राउ

काठमाडौं— नेपाली सेनाका कर्नेल कामेश्वर यादवको घरमा चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

मंसिर ४ मा भएको चोरीमा संलग्नको आरोपमा प्रहरीले प्रेमबहादुर तामाङ र अम्बरबहादुर तामाङलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार दुवैले ललितपुर भैँसेपाटीस्थित यादवको घर र उनकै घरमा डेरा लिएर बसेका शोभा ढकालको कोठामा चोरी गरेका थिए । 

अमेरिकी डलर, भारु र नेपाली रुपैयाँका साथै सुन र चाँदीका गहना गरेर १९ लाख ४२ हजार ६०० बराबरको धनमाल चोरी भएको थियो । चोरी भएको रकममध्ये केही डलर र भारुका साथै केही सामान बरामद भएको छ । साथै घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, ललितपुरले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १८:१४
Weather Update