News Griha :: न्यूजगृह
कोरोना संक्रमणकाे ग्राफ उकालो, एकैदिन १२४ जना संक्रमित

काठमाडौं— नेपालमा केही हप्तायता कोरोना भाइरस संक्रमितको ग्राफ उकालो लागेको छ । पछिल्लो २४ घण्टामा १२४ जनामा संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा सो संख्यामा संक्रमित देखिएका हुन् ।

पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण देखिएको हो । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । १ हजार हाराहारीमा हुँदै आएको कोरोना परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।

कोरोना बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जना रहेको देखिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १८:१७
Weather Update