News Griha :: न्यूजगृह
सुत्केरीको मृत्युपछि जनकपुर प्रादेशिक अस्पतालमा तनाव

काठमाडौं— प्रादेशिक अस्पताल जनकपुरमा एक सुत्केरीको मृत्यु भएको छ ।

महोत्तरीको मठिहानी नगरपालिका- ३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको मृत्यु भएको हो । मृतकका आफन्तका अनुसार शुक्रबार दिउँसो सुत्केरी व्यथा लागेपछि खातुनलाई जनकपुरको वैदेही हस्पिटलमा लगिएको थियो ।

वैदेहीलगायत अन्य निजी अस्पतालले भर्ना नलिएपछि प्रादेशिक अस्पताल जनकपुरमा राति ८ बजे पुर्‍याएपछि चिकित्सकले शल्यक्रिया गरे । छोरा जन्माएकी खातुनको शनिबार बिहान मृत्यु भएको हो ।

आफन्तले चिकित्सकको लापरबाहीले खातुनको मृत्यु भएको दाबी गरेका छन् । घटनाले अहिले प्रादेशिक अस्पताल तनावग्रस्त बनेको छ । प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले खातुनको उपचारमा कुनै प्रकारको लापरबाही नभएको दाबी गरे । 

मृतकलाई हेल्थसिन्डोम (चम्की रोग) र जण्डिस रोग थियो’, डा. पण्डितले भने ‘अन्तिम अवस्था रहेको बिरामीलाई हामीले तुरुन्तै शल्यक्रिया गरेर हरसम्भव बचाउने प्रयास गर्‍यौँ । बच्चा समान्य छन् । तर आज बिहान आमाको मृत्यु भयो ।’ यस्तो रोग भएको प्रसूति महिलालाई शरीरको जुनसुकै भागबाट रक्तस्राव भई मृत्यु हुने सम्भावना प्रबल हुने उनको तर्क छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १५:३५
Weather Update