News Griha :: न्यूजगृह
बर्दियाको एक घरमा आगलागी, चार जनाको मृत्यु

काठमाडौं— बर्दियाको गुलरियास्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।

गएराति गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परी एक जना घाइते छन् । 

मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिंह बुढा र ३२ वर्षकी राधा बुढा छन् । २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

राति साढे १० बजेतिर आगलागी भएको थियो । आगो राति नै नियन्त्रणमा आइसकेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार चारै जनाको शव अहिले निकाल्ने प्रयास भइरहेको छ । केराबारी नजिक रहेको टाइल लगाएको घरमा आगलागी के कारणले भएको हो प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०७:४२
Weather Update