News Griha :: न्यूजगृह
आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक

काठमाडौं— आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक भएको छ ।

सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताए । उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आआफ्ना धारणा राखेको पनि बताए ।

मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको उनको भनाई थियो । यसअघि पीडितहरुसँग भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको प्रवक्ता मृग नविनले बताए । 

उनले वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको बताए । उनले मंगलवार मिटरब्याजी पीडित संघर्ष समितिका संयोजकसहित  वार्ता हुने बताए। उनले मिटरब्याजी पीडितको समस्या समाधान गर्ने विषयमा राज्य संवेदनशिल नदेखिएको बताए । 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १६:४७
Weather Update