News Griha :: न्यूजगृह
सरकारलाई उत्तरी सीमानाका खोल्न सांसद बडूको ध्यानाकर्षण

काठमाडौं— नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिङ्कर, ताप्लेजुङको ओलाङचुङगोला लगायतका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन समेत प्रभावित भएको भन्दै सांसद बडूले नाका खोल्न कूटनीतिक पहल गर्न सरकारसँग माग गरे ।  

उनले भने, ‘नेपाल सरकारले यसलाई गम्भीरतापूर्वक ध्यान लिनु जरुरी छ । र उच्च प्राथमिकताका साथ, महत्वका साथ, गम्भीरतापूर्वक नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, छिटोभन्दा छिटो कूटनीतिक पहल होस् । र यि नाकाहरू सञ्चालनमा आऊन् । ताकि हाम्रो अवरुद्ध व्यापार फेरि सञ्चालनमा आओस् । केही अंशमा भएपनि हाम्रो अर्थतन्त्र निर्माणमा यसले योगदान दिन सक्छ । र रोजगारी सिर्जनामा नयाँ अवसर सिर्जना हुनसक्छ ।’

बडूले नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने बताए । उनले उत्तरी नाका खोलाउने विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १६:३७
Weather Update