एमालेको केन्द्रीय कमिटी बैठक आज

काठमाडौं— नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि बैठक सुरू हुने एमालेले जनाएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।
एमालेले यही मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनको एजेन्डा लिएर लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु गर्दैछ। संकल्प यात्रा एमालेले दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८० ०७:४५