प्रधानमन्त्रीसँग प्रदेश प्रमुखहरू
प्रधानमन्त्रीसँग सात वटै प्रदेश प्रमुखहरूको भेट

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सात वटै प्रदेशका प्रमुखहरूले भेटवार्ता गरेका छन् । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका प्रमुखहरूले बुधबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
कोशी प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, कर्णाली प्रदेश प्रमुख तिलक परियार र मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।
सो क्रममा उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई आआफ्नो प्रदेशको वर्तमान अवस्थाका विषयमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९ १२:२५













