News Griha :: न्यूजगृह
काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई सांसद थापाको आग्रह

काठमाडौं— नेपाली कांग्रेसका सांसद गगन थापाले बिलम्ब नगरि काठमाडौं महानगरपालिका प्रमुख बालेन साहसँग संवाद गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद थापाले, ‘प्रधानमन्त्रीलाई आग्रह मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस् ।’ 

बाघदरबार र सिंहदरबारबीच टकराब देखिएको भन्दै बिलम्ब संवाद गरेर समाधन खोज्नु पर्ने उनको भनाइ छ । 


 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १४:५८
Weather Update