News Griha :: न्यूजगृह
सांसद श्रेष्ठको रकम लेनदेनसम्बन्धी अडिओमाथि संसदीय छानबिन गर्न माग 

काठमाडौं— सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी सांसद डा ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणबारे संसदीय छानबिन माग गरेका छन् ।

श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछाने नजिकका व्यक्तिले २ करोड रुपैयाँ माग गरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग माग गरेको अडियो आइतबार सार्वजनािक भएको थियो ।

सोमबार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद धनराज गुरुङले प्रश्न गरे, ‘मन्त्री बन्‍नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । यो भन्दा लज्जाबोध के हुन सक्छ ?’ 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पाँच पटक मन्त्री भएका एक जनाले मन्त्री भनेकै अर्बौं भ्रष्टाचार गर्ने पद भएको भनी आफ्नो स्मरणमा लेखेको उल्लेख गरे । 

सत्ता गठबन्धनकै सांसदले स्वास्थ्य मन्त्री हुन अढाइ करोड रुपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्वजजनिक हुनुले मन्त्री पद भ्रष्टाचार गर्ने पद भएको भनी पूर्वमन्त्रीले लेखेको स्मरण पुष्टि भएको पनि उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १४:३३
Weather Update