News Griha :: न्यूजगृह
माओवादी केन्द्र र नेसपाबीच पार्टी एकताबारे छलफल

काठमाडौं— नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताबारे बैठक बसेको छ । उक्त बैठकमा दुवै पार्टीका नेताहरूबीच एकताबारे बैठक बसेको हो । 

बैठकमा दुवै पार्टीको एकता संयोजन समिति गठन गर्न सुझाव दिने निर्णय गरेको वार्ता समितिका संयोजक एवं नेसपा नेता गंगानारायण श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाएका वैचारिक र नीतिगत विषयहरूमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्नेबारे छलफल भएको छ । 

यसका साथै पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरूमा पनि छलफल भएको श्रेष्ठले बताए । 

पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरिएको माओवादी केन्द्रका उपाध्यक्ष एवं वार्ता समितिका संयोजक कृष्णबहादुर महराले बताए । 


 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १४:५९
Weather Update