कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो

काठमाडौं— प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ ।
बैठकको एजेन्डामा संसदीय समिति गठन, संयुक्त समिति गठनका लागि कार्यसञ्चालन गठनका लागि नियमावली संशोधन गर्ने प्रक्रिया र संसद्मा विचाराधीन विधेयकहरू अगाडि बढाउने विषय थिए ।
नेताहरूका अनुसार संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली बनाउन समिति गठन गर्ने निर्णय भएको छ । यसका लागि नाम दिन दलहरूलाई भनिएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार १२ सदस्यीय नियमावली मस्यौदा समिति गठन गर्ने तयारी छ ।
तर, सदस्यका विषयमा अन्तिम निर्णय लिँदा थपघट हुन पनि सक्छ ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९ १२:५४













