News Griha :: न्यूजगृह
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ कहिले होला ? 

काठमाडौं– भिडिओ सेयरिङ एप ‘टिकटक’ प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । 

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय फिर्ताको मागप्रति परेका रिट निवेदन दर्ता गरिएको सर्वोच्चले जनाएको छ । 

Prabhu Bank

आज (शुक्रबार) उक्त एप प्रतिबन्धविरुद्ध ८ वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतले बताएको छ । 

सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि यहीँ मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । त्यसका लागि सर्वोच्चले पहिलो पेशी समेत तोकिसकेको छ । 

टिकटक कम्पनीले अपराध न्यूनीकरण र दोषीमाथि कारबाही प्रक्रियामा ध्यान नदिएको भन्दै गत २७ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

उक्त निर्णयसँगै नेपालमा टिकटक प्रतिबन्ध छ । 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १५:२४
Weather Update