बिकमाथि खुकुरी प्रहार गर्ने राना प्रहरी नियन्त्रणमा

बाँके– बाँके जानकी गाउँपालिका–४ कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर बिकमाथि खुकुरी प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई आज (शुक्रबार) गोली हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बिकलाई हिजो (बिहीबार) बिहान रानाले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको उक्त प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
उनलाई घर नजिकै पछाडिबाट रानाले हिजो खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
त्यसपछि भागेर जानकी गाउँपालिकामा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८० १४:५५













