नियन्त्रणमा लिन खोज्दा राना भागेपछि प्रहरीले चलायो गोली

काठमाडौं– बाँके कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिन खोज्दा भागेपछि उनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनको खुट्टामा एक राउण्ड गोली लागेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
रानाले भाइटीकाको दिन कोहलपुरका मिनबहादुर विकलाई खुकरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
त्यसपछि उनी भागेर जानकी गाउँपालिकामा लुकेर बसेको गोप्य सूचनाका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८० १४:३१













