News Griha :: न्यूजगृह
विद्यालयमा खानेपानीको सुविधा छैन, घरबाटै लैजान्छन् विद्यार्थी 

बाँके — जानकी गाउँपालिकास्थितबनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारकोसमेत अभाव छ ।

खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हारले बताए । ‘विद्यालयमा शौच गर्न सधैँ समस्या हुन्छ, पानीको व्यवस्था छैन्’, उनले भने।  विद्यालयका एउटा मात्र हाते पम्प रहेको छ ।  पिउनलाई शुद्ध पानीको अभाव छ ।

‘पानी किनेर पिउनुपर्ने बाध्यता छ’, कक्षा ५ मै अध्ययनरत कल्पना यादवले भनिन, ‘विद्यार्थीले सधैँ पानी किनेर पिउन सम्भव छैन । प्यास लागे प्रायः घरमै गएर पानी पिउने गरेका छौँ ।’

शौचालयमा प्रयोग गर्न पनि पर्याप्त पानी नभएको उनले बताइन् । शौचालय जाँदा बाहिरबाटै पानी बकेर लैजानुपर्ने विद्यार्थी बताउँछन् । २०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा खानेपानीको व्यवस्थाका लागि वडा कार्यालयले आश्वासन दिएको प्रधानाध्यापक रेखा धितालले बताइन ।

उनले भनिन्, ‘वडाले आश्वासन त दिएको छ, तर हालसम्म केही सुरसार छैन ।’ 
 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ११:०२
Weather Update