News Griha :: न्यूजगृह
हेटौंडामा सालनालसहितको शिशु फेला, आमा खोज्दै प्रहरी

काठमाडौं— मकवानपुरको हेटौंडा उपमहानगरपालिका- ४ स्थित हुप्र चौरमा सालनालसहितको शिशु फेला परेको छ ।

बिहीबार साँझ हुप्रचौरस्थित प्रदेश लोकसेवा आयोग नजिक बाटो छेउको झाडीमा सालनालसहितको शिशु (छोरी)फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

स्थानीयले बच्चा रोयको आवाज सुनेर हेर्दा भर्खरै जन्मेको सालनालसहितको शिशु फेलापरेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

शिशुलाई हेटौंडा अस्पतालको जिम्मा लगाइएको छ ।शिशुलाई जन्मदिएर झाडीमा छोड्ने आमाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  २०:०४
Weather Update