News Griha :: न्यूजगृह
एमाले निकट महिला संगठनको अध्यक्षमा टुका हमाल

काठमाडौं—  नेकपा एमाले निकट महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको नयाँ कार्यसमिति चयन भएका छ ।

गत २५ चैतमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलनबाट टुका हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा  शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा बिसी, मेनका पोखरेल, रूकमणी राना र विमला राई पौडेल चयन भएका छन । विमला राई निवर्तमान परराष्ट्र मन्त्रीसमेत हुन । 

महासचिवमा भने पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी चयन भएका छन् । 

यसैगरी ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सचिवमा विणा राई, नरदेवी पुन, बिना ज्ञवाली, मीना रखाल, बिना साह, आशा बिक र शारदा कुमाल चयन भएका छन् भने कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएकी छिन् ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १०:२९
Weather Update