News Griha :: न्यूजगृह
टिकटक प्रतिबन्धबारे प्रधानमन्त्रीको प्रष्टोक्ति : सामाजिक सद्भावका लागि सामूहिक निर्णय

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटक प्रतिबन्धको निर्णय सामाजिक सद्भाव बचाउने उद्देश्यले सबै दलको सहमतिमा गरिएको दाबी गरेका छन् ।

भक्तपुरको ठिमीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले कतिपयका असहमति देखिएपनि दलहरूबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताएका हुन् ।

Prabhu Bank

‘देशभित्रका सबै राजनीतिक दल, के सत्तापक्ष के प्रतिपक्ष, प्रमुख प्रतिपक्षसमेत सबैको लामो बहसको सहमतिपछि र अन्तराष्ट्रिय रुपमा पनि सबभन्दा लोकतान्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको पनि अध्ययन गरेर सामाजिक सद्भाव पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले गरेको कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘जति निर्णय गरिएका छन् । यो बहस त हुँदै जाला । यसमा विमति पनि होलान् ।’

अराजकता रोक्ने विषयमा सरकार खरो उत्रने उनको भनाई छ । ‘नेपालमा विकृति विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोकेर जानुपर्छ । नियमन गर्नु पर्छ । रोक्न मिल्नेलाई रोक्नु पर्छ । नियमन गर्नेलाई नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिबाट गरेको छु । केही साथीहरूको चित्त बुझेको छैन् । छलफल हुँदै जाला ।कन्भिन्स हुँदै जाने प्रक्रिया होला,’ उनले भने  ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १६:२३
Weather Update