सरकारसँग पुनः वार्ता गर्दै मिटरब्याजपीडित

काठमाडौं— मिटरब्याजपीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज सोमबार पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच वार्ता हुन लागेको हो ।
संघर्ष समितिले अघि सारेका मागबारे आइतबार छलफल भए पनि सहमति जुट्न सकेन । सोमबार सहमतिको प्रयास गरिने मिटरब्याजपीडित संयोजक अवधेश कुशवाहले जानकारी दिए ।
उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेशन र चेकलगायत मन्त्रिपरिषद्को निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा राखिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९ ०९:२९













