News Griha :: न्यूजगृह
फ्रान्समा हिमपहिरो, पाँच जनाको मृत्यु

काठमाडौं— फ्रान्समा आइतबार गएको हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।

दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै गएको हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको फ्रान्सेली समाचार संस्थाहरूले जनाएका छन् ।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिन ट्वीटरमा लेखेका छन्, ‘हिमपहिरो गएको सूचना पाउनासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन् ।’

हिमपहिरो गएको स्थानमा उद्धारकार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको जनाइएको छ ।

समाचार अनुसार हिमपहिरो गएको उक्त स्थानमा एक दर्जन बढी व्यक्ति रहेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०७:२०
Weather Update