पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, सनिल नेपाल राजदूत सिफारिस

काठमाडौं— सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बैठकले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ । ३ वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको शर्माले जानकारी दिइन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० १३:५४