News Griha :: न्यूजगृह
२० वर्षपछि हत्यारा पक्राउ

अर्घाखाँची— अर्घाखाँचीको जलुकेमा २० वर्षअघि एक महिलाको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०६० फागुन १३ गते साविक जलुके गाविस– ६ हाल शीतगङ्गा नगरपालिका– ८ चरिङ्गेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाको गाम निवासी केशलाल घर्तीलाई २० वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रतीत सिंह राठोरले बताए । 

रोल्पाको सुनछहरी गाउँपालिका–३ स्थित बाहिरी गाममा लुकिछिपी बसेको थाहा भएपछि ठाडास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

एकान्त स्थानमा रहेको घरमा कोही नभएको अवस्थामा नन्दालाई डरत्रास देखाएर पैसा माग्दा नदिएपछि केशवलालले हत्या गरेका थिए । अहिले उनीमाथि जिल्ला अदालतबाट म्याद थप गराई  अनुसन्धान थालिएको प्रहरीको भनाइ थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १३:४५
Weather Update