नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध आरोपितहरू उच्च अदालत पुगेका थिए । जिल्ला अदालत काठमाडौंले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाएकाहरू बदरको माग गर्दै उच्च पुगेका हुन् ।
यस्तै, काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेकाहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखी जिल्ला सरकारी वकिल कार्यालयले पनि उच्चमै निवेदन दिएको छ ।
न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासमा बिहीबार मुद्दाको पेसी परेको थियो । तर सुनुवाइ स्थगित भएको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० १२:४९













