News Griha :: न्यूजगृह
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

काठमाडौं— क्रिकेटर सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कारको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको छ । यसअघि पटकपटक सुनुवाइ तोकिए पनि न्यायाधीश अभावमा स्थगित हुँदै आएको मुद्दा आज घिमिरेको इजलासमा पाचौँ नम्बरमा छ ।

असोज महिनामा तीन पटक सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको थियो । असोज १ गते, असोज ७ गते र असोज २५ गते सुनुवाइ स्थगित भएको थियो। अदालत प्रशासनले तीन पटक नै न्यायाधीश अभावलाई कारण बनाएको छ । 

जिल्ला अदालत काठमाडौंमा अन्तिम बहसका लागि पेसी चढेकै ७ महिना बढी भयो। त्यसपछि एक दर्जन न्यायाधीशको इजलासमा परे पनि यो मुद्दाको बहस सुनेर फैसला सुनाउन आँट भने कसैले पनि गरेका छैनन् ।

सर्वोच्च अदालतले मुद्दालाई चाँडै टुंगो लगाउनु भनेपनि काठमाडौं जिल्ला अदालत यसबारे उदासिन देखिएको छ । बलात्कार भएको हो कि होइन भन्ने विवाद भएको यो मुद्दामा धेरैजसो न्यायाधीशले बालिकाको जन्म मितिसम्बन्धी कागज मगाउने मात्रै आदेश दिएर मुद्दा पन्छाउँदै गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १२:२२
Weather Update