News Griha :: न्यूजगृह
मौसम : पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौं— हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०६:०९
Weather Update