News Griha :: न्यूजगृह
अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावटबारे अनुसन्धान सुरु

वासिङटन— अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू ‘लिक’ भएकोबारे अनुसन्धान सुरु गरेको छ । 

चुहावट भएका कागजातहरूमा गोप्य खुफिया रिपोर्टहरूसमेत रहेका छन् । त्यसैगरी ती कागजातहरूमा युक्रेन–रुस युद्धलगायत अत्यन्त संवेदनशील विश्लेषणहरू पनि रहेको बताइएको छ । 

मन्त्रालयका प्रवक्ताले एएफपीलाई बताएका छन्, ‘हामी यस विषयमा रक्षा मन्त्रालयसँग सम्पर्कमा छौँ र अनुसन्धान सुरु गरेका छौँ ।’

दर्जनौँ लिक कागजातहरू र स्लाइडहरूको स्थिर ड्रिपले हालैका दिनहरूमा ट्विटर, टेलिग्राम, डिस्कोर्ड र अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पाइएको छ । पेन्टागनले शुक्रबार सक्रिय रूपमा यस मामिलाको समीक्षा गरिरहेको बताएको छ । 

अमेरिकी अधिकारीहरूले वासिङटन पोस्टलाई बताएअनुसार केही कागजातहरू हेरफेर गरिएको देखिन्छ तर, धेरै सीआईए विश्व खुफिया समीक्षा रिपोर्टहरूसँग मेल खान्छ जुन ह्वाइट हाउस, पेन्टागन र विदेश मन्त्रालय संयन्त्रमा छलफल गरिएको छ । 

रक्षा विश्लेषकहरू गोप्य कागजातहरूको चुहावट अत्यन्त संवेदनशील हुने र मस्कोका लागि मूल्यवान साबित हुने पनि अनुमान गरिएको बताउँछन् । 

अन्य कागजातहरूमा अमेरिकी सहयोगीहरूको सरकारहरू भित्रको आन्तरिक गोप्प जानकारी रहेको बताइएको छ ।

न्यु योर्क टाइम्सका अनुसार कागजातहरू मध्ये युक्रेनमा प्रयोगको लागि संयुक्त राज्य अमेरिकाका तोपखाना गोलाहरू उपलब्ध गराउने कि नगर्ने भन्ने साथै दक्षिण कोरियाको बहसको बारेमा छलफल पनि सामवेश छ ।  

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १६:१२
Weather Update