News Griha :: न्यूजगृह
स्वदेश फर्किए प्रधानसेनापति शर्मा

काठमाडौं— प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गएराति स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरे । 

प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी भएका थिए । बेइजिङमा उनी र चिनियाँ जनमुक्ति सेना, सीएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

प्रधानसेनापति शर्मा यही कात्तिक १० गते बेइजिङ प्रस्थान गएका थिए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १०:०२
Weather Update