News Griha :: न्यूजगृह
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

काठमाडौं— कपिलवस्तुमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका– ८ बरकुलका २६ वर्षका विनयकुमार चमार छन् । उनले श्रीमती सन्ध्या चमारको हत्या गरेको आरोप छ । कात्तिक ८ मा सन्ध्याको मृत्यु भएको थियो ।   

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाका अनुसार पक्राउ परेका विनयकुमारले मालाले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनीमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १५:०२
Weather Update