News Griha :: न्यूजगृह
नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ

काठमाडौं— काठमाडौंको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० का ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ का ३२ वर्षीय अर्जुन थापा र झापा मेचीनगर–५ का ३० वर्षीय शेखर भट्टराई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाले बा २ ज २१८० नम्बरको ट्याक्सीमा आएका उनीहरूले अन्सारीको साथमा रहेको विभिन्न सुनका गरगहना तथा नगद जबरर्जस्ती चोरी गरी लगेको भन्ने सूचनाका आधारमा अनुसन्धान गरी निजहरूलाई पक्राउ गरिएको हो । 

पक्राउ परेकामा मनोज र अर्जुन ट्याक्सी चालक हुन्, भट्टराई रेमिटेन्स सञ्चालक हुन् । प्रहरीका अनुसार उनीहरूको साथबाट ९६ हजार पाँच सय नगदसमेत बरामद भएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १४:३४
Weather Update