तीन लाख बढीको पटका बरामद

दमक— झापाको गौरीगञ्जस्थित सशस्त्र प्रहरीको टोलीले गौरीगञ्ज गाउँपालिका–४ स्थित हुक्कागाछीको एक घरबाट तीन लाखभन्दा बढीको पटका बरामद गरेको छ ।
सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेको कमान्डमा खटिएको टोलीले बुधबार बिहान कारी अन्सारीको घरमा छापा मारी तीन बोरा पटका बरामद गरेको हो ।
त्यस्तै सशस्त्र प्रहरीले उनको घरबाट एक बोरा बिडी र चुरोटसमेत बरामद गरेको छ । नेपालमा पटाका किनबेचमा सरकारले प्रतिबन्ध लगाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८० १२:२९













